आखिर जितेरै छाडे, बने पहिलो नेपाल आइडल बुद्ध लामा ( भिडियो )
धेरै लामो पर्खाइ पछी नेपालले पहिलो नेपाल आइडल पाएको छ । हजारौ प्रतिस्पर्धी भिडेका नेपाल आइडल मा टप ३ फिनाले मा बुद्ध, निशान र प्रताप पुग्न सफल भएका थिए ।
अन्तत कतार को दोहा स्थित ग्र्यान्ड मल को एम्पी थिएटर मा भयो नेपाल आइडल को ग्र्यान्द फिनाले । जहाँ नेपाल आइडल का टप १२ का सम्पूर्ण प्रतिस्पर्धी ले गाए हजारौ दर्शकको सामु लाईव ।
जहाँ नेपाल आइडल ले पहिलो दोश्रो र तेश्रो बिजेत को घोसना गरे ।
नेपाल आइडल तेश्रो मा प्रताप दस भए, दोश्रो मोरङ का निशान भट्टराइ भए ।
नेपाल को पहिलो नेपाल आइडल बने बुद्ध लामा । धेरै अघी देखी नै धेरैले अनुमान गरेका थिए बुद्ध लामा नेपाल आइडल हुन्छ भन्ने जस्क लागी ठुलई समुह बनेर बुद्ध जिताउ अभियान सन्चालन गरे, जस्ले सफलता पाएको छ ।
शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।
उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।
मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने ।
निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् ।
एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे । अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।
नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।
को हुन् बुद्ध ?
२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो ।
बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ । उनीहरु गाउँमा गीत गाउनेको नाममा चिनिन्छन् ।
आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन ।
दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन-२०११’मा चौथो भए ।
चार वर्षअघि उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।
गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् ।
विषालु बन्यो रामकृष्णको ‘जजमेन्ट’
आफैंले गाएको गीतझैं ‘बोल्नै नहुने’ भएको छ, रामकृष्ण ढकाललाई । नेपाली आइडलमा ‘गेस्ट जज’को रुपमा निम्त्याइएका उनले आफूलाई प्रतियोगी निशान भट्टराईको गायकी मनपर्ने बताए । यही उनको भूल भयो ।
अतिथि निर्णायकको कुर्सीमा बसेका ढकालको भनाइको सार यस्तो थियो, ‘टप फाइभमा आउनु भनेकै गायकी राम्रो हुनु हो । तपाईंहरु त्यसै यहाँसम्म आइपुग्नुभएको छैन । मैले भन्नुपर्दा, मलाई मनपर्ने गायकी भनेको निशान भट्टराईको हो र प्रताप दासको पनि । दुई जना मलाई एकदमै मनपर्छ । तपाईंहरु जस्तो प्रतियोगी डेन्जर जोनमा पर्दा दुःख लाग्छ । र, अर्कोकुरा हाम्रोलाई भन्दा राम्रोलाई भोट गरौं भन्ने मलाई लाग्छ ।’
रामकृष्णको यही ‘जजमेन्ट’ विषालु बनिदियो ।
अनलाइनखबरसँगको भेटमा उनी अलि उदास थिए । भने, ‘खासमा मैले नराम्रो आशयले भनेकै होइन । मेरो आत्माले जे भन्यो, त्यही बोलें । मलाई बडो कूटनीतिक भएर बोल्न आउँदैन । र, सबैलाई उत्तिकै राम्रो लाग्छ भनेर झुटो बोल्न पनि सक्तिनँ ।’
जब टेलिभिजनबाट नेपाली आइडलको उक्त शृंखला प्रसारण भयो, रामकृष्ण विवादको भूमरीमा फसे । उनीमाथि नानाथरी गाली बर्साउन थालियो । फोन गरेर चिनेजानेकाहरुले त्यही कुरामा केराकार गर्न थाले । फेसबुकभरि उनीमाथि भद्दा र चर्को आलोचना पोखियो ।
‘अहिले त फोनको घण्टी बज्दासमेत आतंकित हुन थालेको छु,’ रामकृष्णले भने, ‘फेसबुक हेर्नै डर लाग्न थालेको छ ।’
तीव्र र छुद्र आलोचना पचाउन नसकेका ढकालले केही रेकर्डिङको कामसमेत गर्न सकेनन् । र, अर्को दिनका लागि थाती राखे । उनी यतिबेला तनावबीच घेरिएका छन् ।
के फेसबुकमा आलोचना गरिए जस्तै ढकालले ‘फाँसी दिइनुपर्ने’ गल्ती गरे त ?
‘खै, मैले त्यस्तो गल्ती गरेजस्तो लाग्दैन,’ ढकालले भने, ‘आफ्नो मनमा जे आएको हो, त्यो नलुकाई भनेको हो ।’ निणर्ायकको कुर्सीमा बसेपछि आफूले स्पष्ट राय दिनैपर्ने उनको बुझाइ छ । ‘मलाई त्यहाँ कुन प्रतियोगीको क्षमता के छ भनेर जाँच गर्नकै लागि बोलाइएको हो,’ ढकालले प्रतिप्रश्न गरे, ‘अब म चुपचाप लाग्ने कि, सबै ठीकठाक छ भनेर टार्ने ?’
अहिले उनलाई खेद्नेहरुको लर्को छ । सामाजिक सञ्जालमा उनको चर्को विरोध र आलोचना भइरहेको छ । उनीमाथि ‘जातिवादी’ ट्याग भिराइएको छ । ‘पक्षपाती’को बिल्ला झुण्ड्याइएको छ । ‘बाहुनवादी’को हिलो लेपिएको छ ।
रामकृष्ण ढकाललाई ‘ब्याकस्टेज’मा पनि यही सोधिएको रहेछ । कार्यक्रम होस्टले सोधेका थिए रे, ‘व्यक्तिगत हिसाबमा कुन प्रतियोगी मनपर्छ ?’अक्सर रियलिटी सोमा निर्णयकको भूमिकामा रहेकाहरुलाई सोधिन्छ, तपाईंलाई कसको परफमेन्स मनपर्यो ?
उनले नढाँटी जवाफ दिएछन् ।
मञ्चमा पनि उनले त्यही धारणा दोहोर्याए । उनले भने, ‘निशान भट्टराईको गायकी मन पर्छ ।’ प्रताप दासप्रति पनि उनको झुकाव रह्यो ।
अर्का दुई प्रतियोगी बुद्ध लामा र सागर आलेलाई उनले ‘पक्षपात’ गरे । दर्शकले यस्तै ठम्याए । दर्शकलाई लाग्यो, क्षत्री बाहुनलाई च्यापेर ढकालले जनजातिलाई पाखा लगाए । उनीहरु वाकयुद्धमा उत्रिहाले । ढकाललाई ‘बाहुनवादी’को हिलो लेपियो । उनी जनजाति प्रतियोगीप्रति अनुदार रहेको जिकिर गरियो ।
यसले एउटा खेमा खासगरी जनजाति दर्शक, जो बुद्ध लामा र सागर आलेका पक्षधर थिए, उनीहरु नराम्ररी बिच्किए ।
ढकालको प्रष्टिकरण
हामीले सोध्यौं, ‘के तपाईंले ती प्रतियोगीहरुको सुरुदेखि नै मूल्यांकन गरिरहनुभएको थियो त ?’ जवाफमा उनले नेपाली आइडलको शृंखला नियमित हेर्दै आएको बताए । उनले के पनि बताए भने, ‘म हरेक सो हेर्दा मनमनै उनीहरुको गायकी पनि मूल्यांकन गरिरहेको हुन्थें ।’
ढकाल आफैंमा संगीत साधक हुन् । स्वाभाविक रुपले अर्काको गायकीको मूल्यांकन गर्न उनलाई कर र मन लाग्छ । यो आम प्रवृत्ति पनि हो ।
उनले नेपाल आइडल हेर्न थालेयता भट्टराईको प्रस्तुती मन परेको रहेछ । तर, अहिलेको जमाना गायकीले मात्र होइन, परफमेन्सले पनि धान्ने हो । त्यस हिसाबले उनको रोजाइमा रहेछन्, प्रताप दास । प्रतापको प्रस्तुतीकरण पनि राम्रो रहेछ ।
बुद्ध लामाको गायकीले पनि ढकालको मन पगालेकै रहेछ । अलि फरक स्टाइलले गाउने लामाको स्वरमा बेग्लै मिठास पाएका छन्, उनले । ‘बुद्ध क्युट पनि लाग्छ,’ ढकाल यसै भन्छन् । सागर आलेको गायन पनि अब्बल रहेको उनको मूल्यांकन छ ।
Loading...


No comments