ताजा खबर

मध्यरातमा रातमा भत्काइयो शहिद लखन थापाको शालिक, किन ? ( भिडियो )


पोखरेली चुपचाप निन्द्रामा थिए । एकाएक पोखरा महानगरको डोजर पृथ्वीचोक तर्फ दौडियो । नगरप्रहरी, नेपाल प्रहरी बुट बजाउँदै दौडिए । एकाएक पोखरामा कोलाहल पैदा भयो । मानिसहरुले ठाने पोखरामा ठूलै दुर्घटना भयो ।
मानिसहरु आशंका रात कटाउन तम्तयार भए । तर साँझ नेपालको पहिलो सहिद लखन थापाको शालिक हेरेर घर फर्केका नागरिक बिहान उठ्दा दंग परे । कोही रिसले आगो भए त कोही महानगर प्रशासनको ज्यादतीको भण्डाफोर गर्नुपर्छ भनेर लागे ।

साँझ सग्लो अवस्थामा रहेको लखन थापाको शालिक मध्यरातमा हटाइयो र स्थानीयका अनुसार हालसम्म बेपत्ता पारियो । सामाजिक सञ्जालमा सहिद लखन थापाको हटाइएको विरोधमा चर्को विरोध भएको छ ।


नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद भनेर राज्यले परिचय दिएको थापाको शालिक हटाइएको विरोधमा नेपाल मगर संघले कडा आपत्ति जनाएको छ । शालिक जुन हालतमा थियो, त्यही हालतमा नराखिए कडा प्रतिवाद गर्ने संघले चेतावनी दिएको छ ।
ट्राफिक व्यवस्थापनको नाममा पुथ्वी चोकमा रहेको शालिक हटाउन एमाले नेताहरु नै क्रियाशिल भएको भन्दै चर्को आक्रोश पैदा भएको छ । तर महानगरका तर्फबाट हालसम्म कुनै पनि प्रतिक्रिया आएको छैन । शालिक हटाइएको विरोधमा पोखरामा मात्रै होइन देश विदेशमा समेत चर्को आक्रोश पैदा भएको छ ।
कुन प्रयोजनका लागि कस्को स्वार्थमा शालिक हटाइयो भन्ने बारेमा महानगरले कुनै पनि जानकारी नदिइएको समेत आम रुपमा विरोध भएको छ । दसंैको मुखैमा शालिक हटाएर महानगरले ज्यादती गरेको भन्दै मगर संघलगायतले देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ ।

No comments