बाख्रालाई जबरजस्ति करणी गर्द गर्दै भारतीय नागरिक पक्राउ
स्याङ्जाको वालिङ नगरपालिका वार्ड १३ बायाटारीमा घरमा बाँधि राखेको बेउनी बाख्रालाई जबरजस्ति गर्दै गर्दा भारतीय नागरिक रबिन्द्र कुमार शाहलाई स्थानियले पक्राउ गरि थुमपोखरा प्रहरी चौकिलाई बुझाएका छन ।
बर्ष २३ का भारतीय नागरिक शाहले कपडा बेच्दै जाँदा वालिङ नगरपालिका वाड न १३ वायटारी स्थित डिल माया खरालको घरमा पालि राखेको बाख्रो लाई जबरजस्ती करणि गरेको स्थानीय धुब्र गौडेलले बताए ।
घरमा कोहि नभएको मौका छोपि बाख्रालाई जबरजस्ती करणि गर्दा बाख्रो कराए पछि स्थानीयले थाहा पाएको बताएका छन भने यता प्रहरी चौकि थुमपोखराका अनुसार साँझ परिसकेकाले उक्त ब्यक्तिलाई वडा प्रहरी कार्यलय वालिङको जिम्मा लगाएर पठाएको जानकारी दिएको छ प्रहरिले दोषिलाई कानुन बमोजिम कार्वाहि हुने बताएको छ ।
