बाख्रा बलात्कार गर्ने युवकलाई डेढ महिना जेल, देशभरका गोठमा जान प्रतिबन्ध
बेलायतको उत्तरपश्चिमी विल्टशायरका २३ वर्षका एक पुरुषलाई पशु करणीको मुद्दामा जेल सजाय मात्र होइन अब उनलाई देशभरका कुनैपनि बाख्रा फार्ममा जान समेत प्रतिबन्ध लगाइएको छ । जनावरलाई सुरक्षा प्रदान गर्न भन्दै उनीमाथि देशका पशु फार्ममा जान प्रतिबन्ध लगाइएको हो ।
रोबर्ट न्युम्यान नामका ती पुरुषले छिमेकीको फार्मको बाख्रलाई बलात्कार गरी सख्त घाइते बनाएर भेटेनरी अस्पतालमा भर्ना गर्नुपरेको थियो । समाचार अनुसार पटक पटक बाख्रा बिरामी हुन थालेपछि र बाख्राको यौनांगमा घाउ देखिन थालेपछि बाख्रा धनी चिन्तित भए । त्यसैले उनीहरुले फार्ममा क्यामरा जडान गरे । अन्त्यमा ती युवकले बाख्रालाई पटक पटक बलात्कार गर्ने गरेको दृश्य क्यामरामा कैद भएपछि उक्त कुराको पोल खुल्यो ।
अदालत समक्ष बयान गर्दा ती युवकका वकिलले पनि ती मानिस एक्लोपना तथा डिप्रेसनबाट पीडित भएकाले उनलाई सजाय नभै उपचार आवश्यक रहेको बताएका थिए । विल्टसायर मजिस्ट्रेट कोटले उनी विरुद्ध ६ हप्ताको जेल सजाय सुनाउँदै ती युवक विरुद्धको अर्को मुद्दाको सजाय समेत यसैमा गाभिने जनाएको छ । उनी विरुद्ध डाँका गरेको अभियोग समेत लागेको छ ।
एजेन्सी

No comments