छक्का पन्जा २ ट्रेलर ट्रेन्डिङ नंबर १ मा, मन परायो दर्शक ले
Loading...
छक्का पन्जा २ लाई नेपाली दर्शक ले मन पराएको छ । ट्रेलर युट्युब मा हालिएको २४ घन्टा पनि नहुँदै ६ लाख दर्शक ले हेरेको छ भने नेपाल का लागी छक्का पन्जा २ को ट्रेलर युट्युब ट्रेन्डिङ नंबर १ नै परेको छ ।
छक्का पन्जा-२ फिल्म त हिट हुने आसा गरिएको नै थियो त्यो त होला नै तर अहिले भने ट्रेलर नै हिट भैसकेको छ ।
प्रियंका कार्कि, बर्षा राउत्, श्वासतिमा खड्का, दिपक राज गिरि, माग्ने बुधो ( केदार घिमिरे), जितु नेपाल ( मुन्द्रे ), बुद्धी तामाङ्, गौरव पहारी को प्रमुख भूमिका रहेको यो चलचित्रमा अल्मोडा राना उप्रेती को संगीत रहेको, बिकास आचार्यको कथा, दिपक राज गिरी को पटकथा रहेको यस चलचित्र मा दिपश्री निरौला को निर्देशन रहेको छ ।
बर्षा को बिकिनी देखी दिपक राज गिरी को पुलिस को भूमिका सम्म रहेको छक्का पन्जा २ अशोज ११ गते देखी देशभर सबै हलहरुमा रिलिज हुँदै छ ।
हेर्नुस ट्रेलर
Loading...
