आयो छक्का पन्जा २ को ट्रेलर्, बर्षाको बिकिनी देखी दिपकको बर्दी सम्म
छक्का पन्जा को अपार सफलता पछी दिपक राज गिरी र दिपश्री निरौला को छक्क पन्जा २ आउने भएको छ । भाद्र २१ गते ६ बजेर ५ मिनेट जादा हाईलाईट नेपाल को अफिसियल यु ट्युब च्यानलमा फिलो पल्ट छक्का पन्जा २ को ट्रेलर रिलिज भएको छ ।
कमेडी थिम मा तयार पारिएको छक्का पन्जा २ लाई दर्शक ले ब्यग्रता का साथ हेर्न चाहेको चलचित्र हो ।
प्रियंका कार्कि, बर्षा राउत्, श्वासतिमा खड्का, दिपक राज गिरि, माग्ने बुधो ( केदार घिमिरे), जितु नेपाल ( मुन्द्रे ), बुद्धी तामाङ्, गौरव पहारी को प्रमुख भूमिका रहेको यो चलचित्र भने हेर्न लायक हुने पक्क छ ।
अल्मोडा राना उप्रेती को संगीत रहेको, बिकास आचार्यको कथा, दिपक राज गिरी को पटकथा रहेको यस चलचित्र मा दिपश्री निरौला को निर्देशन रहेको छ ।
अघिल्लो चलचित्र छक्का पन्जा भन्दा केहि फरक देखिएको छ छक्क पन्जा २, बर्षा को बिकिनी देखी दिपक राज गिरी को पुलिस को भूमिका सम्म देख्न पाइने भनेको छ ।
छक्का पन्जा २ अशोज ११ गते देखी देशभर सबै हलहरुमा रिलिज हुँदै छ ।
छक्का पन्जा जस्तै छक्का पन्जा २ लाई पनि दर्शक को भरपुर माया मिल्ने र चलचित्र हिट हुने मा छक्का पन्जा २ को टिम धुक्क देखिन्छ ।
