ताजा खबर

साउदिमा सडक दुर्घटनामा झापाका रमेश को मृत्यु, एक्लो सन्तानको बिछोडले परिवारको बिचल्ली

छिट्टो शव पठाईदिन परिवारको आग्रह......
बैदेशिक रोजगारको सिलसिलामा ४ बर्ष पहिला साउदी आएका रमेश बरालको सडक दुर्घटनामा परि दुखद: निधन भएको खबर छ।
नेपालमा झापा जिल्ला गौरादह न.पा वडा नं ७ स्थाई निबासी रमेश बराल ग्लोबल अल सुहाईमी कम्पनीमा कार्यरत थिए। जुलाई १५ शनिबारका दिन रोडमेन्टेनेन्सको कार्य गर्दै गर्दा अनियन्त्रित रुपमा चलाईएको कार ले ठक्कर दिएको थियो र हस्पिटल लानै नपाई घटनास्थलमा नै बरालको प्राण पखेरु उडेको थियो।
चार बर्ष पहिला बैदेशिक रोजगारको सिलसिलामा साउदी अरब आएका बराल परिवारको एक्लो सन्तान थिए भने बुबा मुमा हाल बृद्ध उमेरका छन् भने श्रीमती र भर्खर १० महिनाको एक छोरो छ। बरालको असमायिक निधन ले सिंगो परिवार ले सहारा गुमाएको छ र भर्खरैको बालका ले पितृमाया गुमाउन बाध्य भएका छन।
घटना जानकारी परिवार सम्म पुगेपछी आबश्यक प्रक्रिया पुर्याई शव नेपाल छिट्टो भन्दा छिटो पठाईदिन  आबश्यक सहयोग गरिदिन बिगतमा गौरादह न.पा निबासी हाल कन्काई न.पा-२ स्थाई ठेगाना रहेका  मेनपावर ब्यबसायी एबम सामाजिक अगुवा कमल खरेल लाई परिवार द्वारा आग्रह गरिएको थियो।नेपाली दुताबासका पुर्बी क्षेत्र स्थानीय कर्मचारी हरि घिमिरे लाई घटना सम्बन्धमा जानकारी दिई सकिएको र मृतक कार्यरत कम्पनी ग्लोबल अल सुहाईमीको ब्यबस्थापकहरु संग आज भेट भएको र पुन: भोलि थप कागजात र प्रक्रियाको लागि समय मिलाएको कमल खरेल ले एन.ए मिडिया लाई जानकारी दिएका छन,उनले कम्पनी को ब्यबस्थापक सकारात्मक रहेको र बढीमा २ हप्ता भित्र शव नेपाल पुग्ने जनाएका छन।
एक्लो छोरो को निधन पश्चात बेसहारा बनेका बृद्ध दम्पतीको स्याहारसुसार को जिम्मेवारी नगरपालिका ले लिने जानकारी आफु ले पाएको जनाउदै खरेल ले ड्युटीमा कार्यरत रहदा रहदै मृत्यु भएको ले इन्सुरेन्सबाट पनि क्षतिपूर्ति पाउने जनाएका छन।
साउदी अरबमा सडकको संजाल र गुणस्तरीयता उच्चको कोटी को रहेता पनि केहि चालकहरुले  लापरबाहीपुर्बक सवारी चलाउदा दुर्घटनाको घटनाहरु निकै नै धेरै हुने गर्दछ,जुन निकै नै दुखद कुरा हो...
अरबनेपाल बाट

No comments